457
Shares
काठमाडौं । आगामी ९ देखि १३ मार्च सम्म हङकङमा हुने त्रिकोणात्मक टी-२० सिरिजका लागि नेपालले १४ सदसिय राष्ट्रिय टोलीको घोषणा गरेको छ। यो सिरिजमा नेपालले जारी घरेलु त्रिकोणात्मक सिरिजमा टोलीमा रहेका ६ खेलाडीलाई समेटेको छैन।
नेपाल, नेदरल्यान्ड्स र नामिबिया समिलित सिरिजमा टोलीमा रहेका स्टार खेलाडीहरु दिपेन्द्र सिंह ऐरी, आसिफ शेख, सोमपाल कामी, कुशल मल्ल, ललित राजवंशी र अनिल साहालाई टोलीमा नराख्दा उनीहरूको स्थानमा विनोद भण्डारी, रसिद खान, सागर ढकाल, लोकेश बम र आकाश चन्दलाई टोलीमा समेटिएको छ।
घरेलु सिरिजमा रहेका कप्तान रोहित पौडेल, कुशल भुर्तेल, गुल्सन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, प्रतिश जिसी र करण केसी भने १४ सदस्यीय टोलीमा अटाएका छन्।