Logout

चर्चामा

दाङमा ड्युटीमा खटिएकी महिला प्रहरीको गोली हानी हत्या

458 Shares

दाङ । दाङको घोराहीमा ड्युटीमा खटिएकी महिला प्रहरीको गोली हानी हत्या भएको छ ।

घोराही उपमहानगरपालिकाको दामोदर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरी गुरुङमाथि धनमाया गुरुङमाथि बिहीवार बेलुकी गोली प्रहार भएको हो । उनलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको र उपचारको क्रममा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

धनमाया माथि उनकै श्रीमान सहायक हवल्दार यमबहादुर झाँक्रीले गोली हानेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख कुबेर कडायत बताए । तालिम केन्द्र नेपालगञ्जमा कार्यरत यमबहादुर विहीबार घोराही आएका थिए । उनले धनमायामाथि तीन राउण्ड गोली प्रहार गरेको बताइएको छ ।

घटनाबारे थप विवरण खुल्न बाँकी भएको र अनुसन्धान जारी रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख कडायतले बताए ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार