415
Shares
काठमाडौँ । जाजरकोट भूकम्पप्रभावितका लागि सञ्चालित प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा रु २८ करोड रकम संकलन भएको छ ।
जाजरकोट भूकम्प प्रभावितका लागि सञ्चालित सहायता कोषमा २८ करोड संकलन
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टका अनुसार कोषमा आजसम्म विभिन्न संस्था तथा व्यक्तिबाट कुल २७ करोड ९१ लाख ८९ हजार आठ सय ९९ रुपैयाँ जम्मा भएको छ । उनले कुल एक सय १७ भन्दाबढी संघसंस्था तथा व्यक्तिबाट उक्त रकम जम्मा भएको जानकारी दिए ।
गत कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर भूकम्प भएको थियो । उक्त भूकम्पबाट ६७ हजार बढी परिवार प्रभावित भएका छन् । भूकम्पप्रभावित क्षेत्रमा सरकारको सहयोगमा अस्थायी आवास निर्माणकाक्रम जारी छ ।