Logout

चर्चामा

एमाले सांसद राजेन्द्र राईले मागे गृहमन्त्रीको राजीनामा

480 Shares

काठमाडौं । नेकपा एमालेका सांसद राजेन्द्र राईले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन् ।

सोमबारको राज्यव्यवस्था समितिको बैठकमा बोल्दै राईले बालकुमारी घटनामा गृहमन्त्रीको कमजोरी देखिएकाले राजीनामा दिनुपर्ने बताए ।

‘तपाईंले यो मुलुक चलाउन सक्नु भएन गृहमन्त्री ज्यू । यसरी मान्छे मार्न पाइँदैन, तपाईंले तत्काल राजीनामा दिनुस्,’ सांसद राईले भने ।

राजीनामा नदिए सरकारले अहिले बनाएको जाँचबुझ आयोग पनि काम गर्न नसक्ने उनको भनाइ छ । ‘राजीनामा आयो भने आयोगले ठीक ठङ्गले काम गर्न सक्छ,’ उनले भने ।

पीएसओ, डीएसपी लगायत तल्लो तहकालाई कारबाही गर्ने तर उच्च ओहोदाकाले छुट पाउने गलत भएको सांसद राईले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार