Logout

चर्चामा

प्रिन्सिपल स्वर्णकारको हत्या आरोपमा एक जना पक्राउ

477 Shares

काठमाडौं । बारामा प्रिन्सिपलको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित बाल एकता स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको गोली हानेर हत्या गरेको घटनामा एक जनालाई पक्राउ गरेको बाराका एसपी सुरेश काफ्लेले जानकारी दिए।

उनका अनुसार कलैयाबाट आरोपी पक्राउ परेका हुन्। यद्यपी घटनाबारे अनुसन्धान भइरहेकाले ती व्यक्तिको परिचय खुलाउन नमिल्ने एसपी काफ्लेले बताए।

३९ वर्षीय स्वर्णकारको सोमबार दिउँसो गोली हानेर हत्या भएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार