Logout

चर्चामा

जसपा नेपालको आधिकारिक पार्टी वेबसाइट सार्वजनिक

446 Shares

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले आफ्नो पार्टीको आधिकारिक वेबसाइट सार्वजनिक गरेको छ । जसपाले www.jspnepal.com.org (जेएसपीनेपाल डट ओरजी) लाई पार्टीको आधिकारिक वेबसाइटको रुपमा अघि सारेको छ । 

 केन्द्रीय कार्यालय वालकुमारी ललितपुरमा आयोजित एक समारोहमा जसपा नेपालका राष्ट्रिय अध्यक्ष मा. उपेन्द्र यादवले क्लिक गरेर वेबसाइटको औपचारिक उद्घाटन गरेका हुन् । वेबसाइटको सुरुवात गरेसँगै अध्यक्ष यादवले पार्टीको दस्तावेज र अन्य सम्पूर्ण गतिविधिलाई वेबसाइट मार्फत् डिजिटल प्रविधिमा व्यवस्थापन गर्दा पार्टी पंक्तिसँगै जनता मतदातालाई समेत जसपा नेपाल सम्बन्धी सम्पूर्ण जानकारी पाउन सहज र सरल हुने बताए । 
वर्तमान युग सूचना प्रविधिको युग भएकोले पार्टीको सम्पूर्ण दस्तावेजलाई डिजिटल प्रणालीमा रुपान्तरण गर्न आवश्यक रहेको बताए । 

सार्वजनिक गरिएको नयाँ वेबसाइटमा जसपा नेपालको इतिहास, लक्ष्य, उद्देश्यसँगै आधिकारिक दस्तावेज, विभाग तथा जनवर्गिय संगठन, सांगठनिक संरचना लगायत संघ, प्रदेश, जिल्ला र पालिकासम्म पार्टीको महत्वपूर्ण विवरण समावेश गरिएको छ । 

पार्टी अध्यक्ष र अन्य शीर्ष नेतृत्वसँग भेटघाटको लागि अनलाइन अनुरोध फारम र विश्वको जुनसुकै कुनाबाट वेबसाइट मार्फत् पार्टीको सदस्यता लिन सकिने व्यवस्था गरिएको छ ।

jasapnepal.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार