791
Shares
काठमाडौं । सर्वोच्च अदालतले सर्वोच्चकै न्यायाधीशमा सिफारिस नहकुल सुवेदीको योग्यता विवादमा चैत ३० गते फैसला सुनाउने भएको छ ।
सुवेदीको योग्यताको विषयमा प्रश्न उठाइ परेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले चैत ३० गते फैसला सुनाउन मिति तोकेको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले खबरवाणीलाई जानकारी दिए ।
हाल उच्च अदालत सुर्खेतको मुख्य न्यायाधीश रहेका सुवेदीलाई न्याय परिषदको फागुन २८ गते बसेको बैठकले सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो ।
तर सुवेदीसँग सर्वोच्चको न्यायाधीश हुन संविधानले तोकेको योग्यता नभएको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्चमा रिट दिएका थिए ।
उक्त रिटमाथि बिहीबार न्यायाधीश केसीको इजलासमा सुनुवाई भएको थियो । अब फैसला भने चैत ३० गते सुनाउने गरी मिति तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।