Logout

चर्चामा

पानी परेपछि प्रदूषण केहि घट्यो, पूर्ण खुल्न अझै केहि समय लाग्ने

834 Shares

काठमाडौं । काठमाण्डौ सहित देशका विभिन्न ठाउँमा हिजोदेखि परेको पानीले प्रदूषण केही घटेको छ । हिजो अस्तिको तुलनामा वायु प्रदूषण आज कम भएको छ ।

वर्षाले वायुमण्डलमा धेरै दिनदेखि थुप्रिएको घातक प्रदूषण घटाउन सहयोग पुगेको मौसमविद्ले बताएका छन् । पानी पर्ने प्रणाली विकाससँगै हावासमेत चलेकाले प्रदूषण घटेको मौसमविद्को भनाइ छ । आजदेखि मौसम केही सफा भए पनि पूर्णरुपमा खुल्न अझै केही दिन लाग्ने मौसमविद् मञ्जु बासीले जानकारी दिईन ।

भोलिदेखि पानी पार्ने प्रणाली कमजोर हुने र डढेलो नियन्त्रण नभएसम्म वायु प्रदूषण कायमै रहने उनले बताईन । उनकाअनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावले प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा पानी परेको हो । तराइमा अझै पानी पर्ने सम्भावना नभएकाले वायु प्रदूषण नहट्ने उनको भनाइ छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार