Logout

चर्चामा

सुन प्रकरण: पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुनसँग सीआईबीको सोधपुछ

936 Shares

काठमाडौं । विमानस्थलबाट अवैध रुपमा भित्रिएको ६० किलो सुन प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनसँग पनि सीआईबीले सोधपुछ गरेको छ ।

सुन प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई सोधपुछ गरेको प्रहरी स्रोतले बताएको छ।

स्रोतका अनुसार सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग पूर्वउपराष्ट्रपति र उनको परिवारको सम्पर्क रहेको सार्वजनिक भएपछि उनको छोरा दिपेशसँग पनि सोधपुछ गरी अनुसन्धानको दायरामा ल्याइएको हो।

छिरिङ र उनकी श्रीमतीले पटक–पटक माओवादीका नेताहरुसँग भेट्ने गरेको तथ्य उसअघि नै खुलेको छ। पक्राउ परेका छिरिङ माओवादीका नेता वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्ती मगरसँगै बसेको तस्बिर यतबेला सामाजिक सञ्जालमा भाइरलसमेत बनेको थियो।

दावा सुन प्रकरणमा पक्राउ पर्ने १८ औँ व्यक्ति हुन्। दावा चिनियाँ आपराधिक गिरोहलाई नेपाल भित्र्याउने ‘एजेन्ट’ रहेको स्रोतको दाबि छ।

छिरिङ पक्राउ परेको होटल भियना मञ्जिल श्रेष्ठ र अमला रोकाले सञ्चालन गर्नको लागि सम्झौता गरेको यसअघि नै खुलिसकेको छ। अमला भने माओवादी शहीद परिवारी व्यक्तिसमेत हुन्। साथै पुन र घर्तीसँग पारिवारिक सम्बन्धसमेत रहेको खुलेको छ। जसका कारण पनि दावाले गर्ने गरेको आपराधिक कार्यहरुको फाइल माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री रहँदासमेत खुल्न नसकेको तथ्य बाहिरिएको छ।

सुन प्रकरणमा उनको समेत संलग्नता हुनसक्ने अनुमानले दिपेशलाई आइतबार सीआइबीमा बोलाएर सोधपुछ गरिएको स्रोतले बताएको छ। स्रोतका अनुसार संलग्नता रहेको पुष्टि भएमा गिरफ्तार गरी अनुसन्धान अगाडि बढाइने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार