Logout

चर्चामा

‘नागरिक सरोकारका विषयमा सरकारले बेवास्ता गर्‍यो’

1.1k Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका सचेतक महेश बर्तौलाले कोरोनाकालका बिमितहरुको रकम तत्काल उपलब्ध गराउन सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् ।

सरकारले बिमाबापतको करिब ११ अर्ब रुपैयाँ उपलब्ध गराउन चासो नदिएको उल्लेख गर्दै उनले सो सम्बन्धमा सरकारलाई रुलिङ गर्न सभामुखसँग माग गरेका हुन् । प्रतिनिधिसभा बैठकको शून्य समयमा सोमबार उनले नागरिकको सरोकारको विषयमा सरकारले बेवास्ता गरिरहेको आरोप लगाए ।

‘यो सरकार माटोको तोर्माजस्तो भयो सभामुख महोदय । ऐया पनि छैन, आत्था पनि छैन । विगत ४ वर्षदेखि यो देशका एक लाख ५० हजारभन्दा बढी नागरिकले कोरोनाको बिमा गरे । त्यसबापतको ११ अर्ब रकम आजसम्म प्राप्त गर्न सकेको छैन । सरकारलाई त्यसको कुनै चासो छैन, सरोकार छैन । कुम्भकर्ण निद्रामा पर्‍यो । त्यसकारण सभामुख महोदय विशेष रुलिङ होस्,’ उनले भने, ‘तत्काल ती बिमितहरुले पाउनुपर्ने रकम प्राप्त गर्न सकून् ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार