Logout

चर्चामा

कोसी प्रदेशमा मुख्यमन्त्रीको पद जोगाउन माओवादीले त्याग्यो समिति सभापति

489 Shares

काठमाडौं। सत्ता गठबन्धनको आग्रहमा कोसी प्रदेशका मुख्यमन्त्रीको पद जोगाउन माओवादी केन्द्रमा माधव सापकोटाले संसदको पूर्वाधार विकास समितिको सभापतिको उम्मेदवारी त्यागेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदको पूर्वाधार विकास समितिको सभापतिको सभापतिमा उम्मेवारी दर्ता गर्दैछन्।

सत्तारूढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भागबन्डा गर्दा राप्रपाले समिति सभापतिको नेतृत्वमा उम्मेदवारी दिन पाएको थिएन।

तर अन्तिम समयमा नेकपा माओवादी केन्द्रको भागमा परेको पूर्वाधार विकास समितिको उम्मेवारी दिनबाट माओवादी पछि हटेको हो।

माओवादीले राप्रपालाई उक्त समितिको सभापतिको उम्मेदवारी दिन खुला गरेसँगै राप्रपाका दीपकबहादुर सिंहले उम्मेद्वारी दर्ता गर्न लागेका राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले देश सञ्चारलाई जानकारी दिए।

माओवादीको भागमा परेको उक्त समितिको तर्फबाट माओवादीका माधव सापकोटाले उम्मेदेवारी दर्ता गर्ने तयारी थियो। उनी अन्तिम समयमा आएर समितिको उम्मेद्वारी त्यागेर राप्रपाका दिपक सिंहलाई दिएका हुन्।

सापकोटा सिंहका समर्थकसमेत बस्दै छन्। उम्मेदवारी दर्ताको समय आइतबार अपराह्न ४ बजेसम्म छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार