481
Shares
काठमाडौं । राष्ट्रिय फुटबल टिमका चर्चित खेलाडी बिमल घर्तिमगर विवाह बन्धनमा बाँधिएका छन् ।
बिमलले प्रेमिका लिना प्रधानसँग विवाह गरेका हुन् ।
बिमल केही समययता लिनासँग प्रेम सम्बन्धमा रहेका थिए । बिमलले परिवारका सिमित सदस्यका साथ लिनासँग भद्रकाली मन्दिर काठमाडौंमा लगनगाँठो कसेका हुन् ।
२५ वर्षिय बिमल नेपाली फुटबलका स्टार फुटबलर हुन् । उनका हजारौं प्रशंसक र शुभेच्छुक छन् ।
बिमलले पछिल्लो समय मछिन्द्र फुटबल क्लबबाट ब्यवसायीक फुटबल खेल्दै आएका छन् । नेपालको उमेर समूह हुँदै राष्ट्रिय टिमबाट निरन्तर खेल्दै आएका बिमलले नेपालको थ्री स्टार, च्यासल क्लब सहित भारतको मोहन बगान लगायतका क्लबबाट ब्यवसायीक फुटबल खेलिसकेका छन् ।
बिमलले लगनगाँठो कसेका लिना भने 'हस्पिटालिटी' क्षेत्रमा कार्यरत छिन् ।
