Logout

चर्चामा

लिङ्देनको दाबीः सत्ता गठबन्धनले बालुवाटार जग्गा प्रकरण सामसुम पार्ने निर्णय गरेको छ

362 Shares

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले सत्तारुढ दलहरुले ललिता निवास जग्गा प्रकरण सामसुम पार्ने निर्णय गरेको बताएका छन्।


शुक्रबार भक्तपुरमा आयोजित चाँगुनारायण नगर अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मन्त्रिपरिषद्को अध्यक्षता गर्ने व्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धानको आदेश दिए पनि सत्ता गठबन्धनले घटना सामसुम बनाउने निर्णय गरेको बताए।

उनले सरकारले ठूला भ्रष्टाचारविरुद्ध काम गरेँ भनेर दंगा पिटेको टिप्पणी गरे। उनले ललिता निवास जग्गा प्रकरणबारे अनुसन्धान गर्न बाध्य बनाएका प्रहरी अधिकृतहरुलाई घटना सामसुम बनाउन सरकारले सरुवा गर्न लागेको बताए।

उनले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरिरहेका प्रहरी अधिकारीलाई सरकारले सरुवा गरेर फाइल बन्द गर्न लागेको दाबी गरे।

‘…नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेको छानबिनपछि पनि १८ जना मानिसले उजुरी दिएका छन्, त्यो अनुसन्धान अघि बढाउने हो भने अरु ठालु पक्राउ पर्नेछन्। अस्तिको अनुसन्धानको जिम्मा लिएर सरकारलाई त्यो फाइल अघि बढाउन जसले बाध्य बनायो ती प्रहरी अधिकारीहरुलाई दुई तीन दिनभित्र सरुवा गर्दैछ। त्यो फाइल सामसुम पार्ने योजना छ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार