काठमाडौँ । यस बर्षको अन्तर्राष्ट्रिय युवा दिवस अर्थात (अगस्ट १२) “दिगो विश्वका लागि युवाहरुमा हरियाली सीप” भन्ने अन्तरष्ट्रिय नाराका साथ संसार भर मनाउने तयारी भईरहेको छ । यसै सन्दर्भ नेपालमा पनि सप्ताह ब्यापी कार्यक्रम मनाउन योजना अनुरुप आज संस्कृति तथा पर्यटन मन्त्री माननिय सुदन किराँतिको प्रमुख आतिथ्य र युवा तथा खेलकुद मन्त्रालय, रास्ट्रिय युवा परिषद, पशुपति क्षेत्र विकास कोष, नेपाल विकास अभियान, युवा अभियान लगायत संघसंसस्थाहरुको सहकार्यमा पशुपति क्षेत्र, बनकाली क्षेत्रमा सरसफाइ, झाडी फाड्ने, बृक्ष रोपण र सरसफाइ सचेतना कार्यक्रम सप्पन्न भएको छ ।
आगामी सप्ताह देशभर युवा सचेतना, युवा मुल्य मान्यता जागरण अयिभान, युवा दायित्व र जिम्मेवारी बहस, १६औ योजना र युवा नीति सम्बन्धि छलफल, युवा उधमशिला र रोजगारी, पृथ्वी, वातावरण र जलवायु जोगाउन युवाको दायित्व, युवा सहभागिता र युथ सिभिक स्पेस लगायत विषयमा विशेष कार्यक्रमहरु हुनेछन ।
सबै युवा र युवा अधिकारकर्मीहरु, सामाजिक अभियान्ता, राजनितिक दलहरु, राज्यका निकायहरु र सामाजिक संघसस्थाहरुलाई युवामैत्री वातावरण बानाइ यो देशमा युवा बस्ने र देश निर्माणमा योगदान गर्न संकल्प गर्न जरुरी रहेको युवा अभियान्ता र आयोजक संस्थाहरुको आग्रह रहेको छ ।



