Logout

चर्चामा

एमाले फुटको संकेत, नेपाल–खनाल समूह निकट युवा संघको नयाँ कार्यालय

642 Shares

काठमाडौं ।  नेकपा एमाले औपचारिक रूपमा विभाजनतर्फ लागेको छ। एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समूहले बुधबार आफू निकट युवा संघ नेपालको केन्द्रीय कार्यालय उद्घाटन गरेर विभाजनको संकेत गरेको  हो। यो समूहले महिला संघ र अनेरास्ववियुको समानान्तर कमिटी गठन गरिसकेको छ। संघको समानान्तर कमिटीले पहिलोपटक कार्यालय खोलेको हो। 

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले युवा संघ नेपालको केन्द्रीय कार्यालय उद्घाटन गर्दै पार्टी कार्यालयको खोजी भइरहेको बताएका छन्। उनले तल्लो तहसम्म कमिटीलाई विस्तार गर्दै लैजान पनि संघका कार्यकर्तालाई निर्देशन दिएका छन्।

भ्रातृसंगठनका समानान्तर कमिटी गठन गरिरहेको नेपाल–खनाल समूहका नेताहरूले भने पार्टी अहिल्यै नफुट्ने दाबी गर्दै आएका छन्। खनाल–नेपाल समूहमा रहेका एमाले उपाध्यक्ष युवराज ज्ञवालीले  फरक ढंगले संगठन बनाएर आफ्ना विचार र योजना अगाडि बढाउँदै जाने बताएका छन्।

अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भीम रावललाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार