काठमाडौं । पढ्ने र पढाउने भन्दा सिक्ने र सिकाउने शिक्षण विधि हो, मन्टेश्वरी शिक्षा । घोकन्ते र परम्परागतको सट्टामा आधुनिक, प्रविधियुक्त र बालमनोविज्ञानलाई मध्यनजर गरी सिकाइने यो शिक्षण विधिप्रति अभिभावकएवम् बालबालिकाको आकर्षण बढ्दो छ । विद्यालय स्तरको पढाई सुरु हुनुभन्दा अघि बालकालिकालाई सिकाउन अपनाइएको उक्त विधि निकै प्रभावकारी मानिन्छ । जसकारण सहर–बजारमा मन्टेश्वरी विद्यालय खोल्ने क्रम पनि बढेको छ । बालबालिकालाई मन्टेश्वरी विधिबाट सिकाउने ठाउँलाई ‘प्रि–स्कुल’ पनि भनिन्छ ।
यहि कुरालाई मध्यनजर गर्दै तारकेश्वर नगरपालिका स्थित स्ट्यानफोड मन्टेश्वरी ट्रेनिङ सेन्टरले २३ जना विध्यार्थीलाई दिक्षित गरेको छ । डा.घनश्याम पुडासैनी प्रमुख अतिथ्यतामा बिशेष अतिथि शिवहरी लामिछाने,अतिथिहरु नारायण शर्मा,रमा नेपाल,पवन फुयाल,सुरेश पौडेल लगायतका शिक्षा क्षेत्रका दिगज व्यक्तिहरुको उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको बोल्दै प्रमुख अतिथि पुडासैनीले अहिलेको शिक्षा प्रविधिमय भएको बताउनु भयो । बालबचाहरुलाई जन्म आमाले दिएपनि कर्म दिने आमाहरु तपाईहरु हो भन्दै दिक्षित हुने सम्पूर्ण परिक्षार्थिलाई हौसला प्रधान गर्नु भयो ।
यसै गरि ककनी जेसिजका महासचिव पवन फुयालले मन्टेश्वरी ट्रेनिङ बाट महिलाहरुलाई आफैमा आत्मानिर्वर हुन सहज हुने बताउनु भयो । कार्यक्रममा सबै अतिथिहरुले आआफनो भनाई राख्नु भएको थियो ।
यस मन्टेश्वरी ट्रेनिङ सेन्टरकि संचालिका एवं उक्त कार्यक्रमका अध्यक्ष प्रेम कुमारी खत्रीले विगत १० वर्ष देखि यो पेशामा लागेको बताउनु भयो । ६ महिना सम्म तालिम दिई सकेछी रोजगारीको पनि जिम्मा लिने खत्रीले बताउनु भयो । उहाले भनुभयो यस्तो कार्यले आफुलाई पैसा भन्दापनि इजत प्रदान गर्ने बताउनु भयो । उक्त कार्यक्रम बालाजु जेसिज वर्ष २०२३ कि अध्यक्ष जानकी पाण्डेले संचालन गर्नु भएको थियो ।

