Logout

चर्चामा

कोशी प्रदेश : नामांकरणको विषयमा भएको आन्दोलन शान्तिपूर्ण गर्ने सहमति

326 Shares

काठमाडौं। प्रदेश-१ को नाम कोशी प्रदेश राखेपछि भएको आन्दोलन फिर्ता लिने सहमति भएको छ।

प्रदेशको नामांकरण भएपछि असहमत पक्षसँग मङ्गलबार जिल्ला प्रशासन कार्यालय मोरङमा भएको सहमति अनुसार आन्दोलनका क्रममा पक्राउ परेका व्यक्तिहरूलाई छुटाउने र छुटेपछि आम हड्ताल फिर्ता लिने सहमति भएको हो।

असहमत पक्ष संयुक्त संघर्ष समितिलगायतका समूहले पक्राउ परेका व्यक्तिहरू छुटेपछि कुनै किसिमको आगजनी, तोडफोड, आवागमा अवरूद्ध, कार्यालय सञ्चालन अवरूद्धलगायतका शान्ति सुव्यवस्थामा असर नगरी कानून सम्मत शान्तिपूर्णरूपमा कार्यक्रमहरू संचालन गर्ने सहमति भएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार