Logout

चर्चामा

सचिव पाण्डेले पीएसओलाई डिपोजिट गर्न लगाए १ करोड १४ लाख !

579 Shares

काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने प्रलोभन देखाइ ठगेको आरोपमा ३२ जनालाई प्रतिवादी बनाएर प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डे पनि सो प्रकरणका एक आरोपितका रूपमा थुनामा छन् । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा सचिव पाण्डेले गिरोहसँग लिएको १ करोड १४ लाखको हिसाब प्रहरीले फेला पारेको छ ।

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार तत्कालीन गृह सचिव पाण्डेले १ करोड १४ लाख नगद बैंक खातामा डिपोजिट गराएका हुन् ।

सचिव पाण्डेले पीएसओ (व्यक्तिगत सुरक्षा अधिकृत) लाई रकम डिपोजिट गर्न लगाएको अनुसन्धानबाट थाहा भएको प्रहरी स्रोतको भनाइ छ ।

अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृत भन्छन्, ‘तत्कालीन गृह सचिव पाण्डेले पीएसओलाई रकम डिपोजिट गर्न लगाएको भेटिएको छ ।’

गिरोहबाट लिएको रकम उनले ४ वटा छुट्टाछुट्टै बैंकमा डिपोजिट गरेका हुन् । शरणार्थी प्रकरणमा लिएको रकम फरकफरक समयमा ७ पटक आफ्नो बैंक खातामा पाण्डेले डिपोजिट गरेका थिए । 

पूर्व गृहमन्त्री बालकृष्ण खाणसहित ३२ जनालाई प्रहरीले विपक्षी बनाएर सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा राय सहितको अनुसन्धान प्रतिवेदन बुझाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले २७ करोड ५० लाख ७४ हजार ५ सय रुपैयाँ बिगो मागदाबी लिनुपर्ने राय सहितको अनुसन्धान प्रतिवेदन पेस गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार