Logout

चर्चामा

एमालेको टिप्पणी- प्रधानमन्त्रीको जवाफ चित्तबुझ्दो भएन

1.7k Shares

काठमाडौं । नेकपा (एमाले) ले संसद्‌मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएको जवाफ चित्तबुझ्दो नभएको टिप्पणी गरेको छ । बिहीबार संसद्‌मा सांसदहरूले गरेको प्रश्नहरूको जवाफ प्रधानमन्त्री प्रचण्डले चित्तबुझ्दो नदिएको एमालेका सचिवसमेत रहेका सांसद योगेश भट्टराईले बताए ।

“संसद्को प्रश्नोत्तर कार्यक्रम नै जीवन्त छैन पहिलो कुरा । प्रश्न पहिले सोधेर उत्तर पछि ल्याएरचाहिँ जीवन्त हुँदैन । प्रश्नोत्तर जीवन्त हुनुपर्छ। माननीयहरूले त्यहीँ सोध्ने र प्रधानमन्त्रीले त्यहीँ जवाफ दिने गर्नुपर्छ । त्यो कर्मकाण्डी भयो । थुप्रै कुराहरू उठेका छन्, त्यसमा प्रधानमन्त्रीको स्पष्ट जवाफ छैन,” भट्टराईले भनेका छन् ।

त्यहीँ सवाल-जवाफ गर्न पाउने संसदीय अभ्यास नरहेको भन्दै आज उठेका सवालहरूका बारेमा फेरि पनि संवाद तथा छलफल हुनुपर्ने उनले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार