Logout

चर्चामा

अयोग्य लडाकुलाई पैसा बाँड्ने निर्णय खारेज गर्न एमालेको माग

525 Shares

काठमाडौं । नेकपा (एमाले)ले अयोग्य लडाकुलाई पैसा बाँड्ने निर्णय खारेज गर्न माग गरेको छ । 

एमाले प्रमुख सचेतक पदम गिरीले आजको प्रतिनिधिसभा बैठकमा आर्थिक संकट भएका बेला राज्यको ढुकुटीको दोहन भएको बताउनुभयाे । 

एमाले प्रमुख सचेतक पदम गिरीले आजको प्रतिनिधिसभा बैठकमा आर्थिक संकट भएका बेला राज्यको ढुकुटीको दोहन भएको बताउनुभयाे ।  आर्थिक संकटमा रहेकाले वृत्तभत्तादेखि प्रदेश र स्थानीय तहको समानीकरण अनुदान कटौती गरेको सरकारले ४,८०० बढी व्यक्तिलाई २ लाख रुपैयाँको दरले रकम बाँड्न लागेको उहाँले बताउनुभयाे ।

“माओवादीको अयोग्य लडाकुका नाममा ४८ सय व्यक्तिलाई राज्य कोषको ढुकुटीबाट दुई–दुई लाख नगद निकालेर बाँड्ने चलखेल हुँदै छ । कार्यविधि बनाएर पैसा बाँडिदैछ भन्ने सुनिएको छ,” उहाँले भन्नुभयाे । 

उहाँले सत्य निरुपणको बाँकी काममा सरकारलाई ध्यान नभएको बताउनुभयाे । तत्कालीन माओवादी नेतृत्वले ९५ करोड बुझेर लगेको पैसा कहाँ गयो भन्ने विषय अनुतरित नै रहेको उहाँले बताउनभुयाे । 

अर्थतन्त्र शिथिल भएको बेला अन्मिनको प्रमाणीकरणमा नपरेका माओवादी पूर्व लडाकुलाई रकम वितरणका लागि गृह मन्त्रालयले कार्यविधि पास गरेको भन्दै सरकारको आलोचना भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार