286
Shares
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य एनपी साउदलाइ परराष्ट्रमन्त्रीमा सिफारिस गरेका छन् ।
परराष्ट्रमन्त्री नियुक्त नहुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे भारत भ्रमण प्रभावित बनेकाे थियाे । शनिबार तीन दलका शीर्ष नेताकाे बैठकमा प्रधानमन्त्रीले कांग्रेसकाे भागमा परेका मन्त्रालयमा मन्त्री पठाउन आग्रह गरेका थिए ।
कांग्रेसकाे काेइराला पक्षबाट मन्त्री नपठाएका कारण देउवाले एकैपटक सबै मन्त्रीकाे नाम सिफारिस गर्न सकेका छैनन् । उनले परराष्ट्रमन्त्रीका लागि प्रधानमन्त्री समक्ष एनपी साउदको नाम सिफारिस गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले साउदलाई परराष्ट्रमन्त्री नियुक्त गरेर भाेलि नै उनकाे शपथ गराउने तयारी गरेका छन्र ।