Logout

चर्चामा

यस्ता छन् एमाले सचिवालय बैठकका निर्णय

221 Shares

काठमाडौ ।  रिपोर्टर्स क्लब नेपालले विभिन्न पत्रकारिता पुरस्कार प्रदान गरेको छ। क्लबले शुक्रबार आफ्नो स्थापनाको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा आयोजित विशेष समारोहमा ती पुरस्कार प्रधानमन्त्री पुष्पकमल दाहालको हातबाट प्रदान गरिएको हो । क्लबले प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा गरेको कार्यक्रममा क्राइम टिभीका प्रस्तोता कुशलभ केसीलाई उत्कृष्ट युवा पत्रकारिता पुरस्कार–२०७९ बाट सम्मानित गरिएको हो । 

अनलाइन टिभी पत्रकार संघका केन्द्रीय उपाध्यक्ष समेत रहेका केसी क्राइम टेलिभिजनबाट प्रसारण हुने लोकप्रिय कार्यक्रम जन गुनासोका संचालक हुन् । झण्डै २० बर्षदेखि पत्रकारिता, कलाकारिता र समाजसेवामा सक्रिय केसी मुनलाइट टिभीमा पनि आवद्ध छन । 

No description available. 

 

No description available. 

उनले विकृति र विसंगती विरुद्धका समाचार सम्प्रेषण गर्ने सहासी पत्रकारका रुपमा चिनिन्छन् । उनको सहासी पत्रकारितालाई नै देखेर आफूहरुले पुरस्कारका लागि छनौट गरेको पुरस्कार छनौट समितिले जनाएको छ । 

No description available.

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार