Logout

चर्चामा

तनहुँ–१ मा एमालेबाट सर्वेन्द्र खनालसहित ६ जना आकांक्षीको नाम सिफारिस

2.4k Shares

काठमाडौं । नेकपा एमालेबाट तनहुँ क्षेत्र नम्बर–१ मा उम्मेदवार बन्न ६ जनाले आवेदन दिएका छन् । क्षेत्रीय समन्वय कमिटीले आगामी १० वैशाखमा हुने उपनिर्वाचनका लागि ६ जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरेको छ । 

पूर्व प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालसहित रामबहादुर गुरूङ, मोहन विक, परितोष पौडेल, किरण धिताल र शोभा गुरुङले उम्मेदवार हुन आवेदन दिएका छन् ।

शुक्रबार जिल्ला कमिटीले प्रदेश कमिटीलाई नाम रायसहित सिफारिस गर्नेछ । त्यसपछि शनिबार बस्ने एमाले सचिवालय बैठकले उम्मेदवार टुंगो लगाउने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार