Logout

चर्चामा

'प्रेरणादायी महिलाहरू' पुस्तक लोकार्पण (तस्विरसहित)

395 Shares

काठमाडौं ।  'प्रेरणादायी महिलाहरू' नामक पुस्तक लोकार्पण गरिएकाे छ ।

११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका सन्दर्भमा मोतीदेवी स्मृति केन्द्रले शुक्रबार काठमाडाैंमा गरेकाे कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस्तक लाेकार्पण गर्नुभएकाे हाे । पुस्तकमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने २४ महिलाका जीवनी उल्लेख छ ।

कार्यक्रममा उहाँले प्रेरणादायी महिलाहरूलाई सम्मान गर्नुभएकाे थियाे । समाजसेवी सावित्री थापा, शिक्षामा उल्लेखनीय भूमिका निर्वाह गर्ने निरकेशरी श्रेष्ठ, नृत्य क्षेत्रकी बेटी बज्राचार्य, पर्वतारोहणमा लाक्पा फुटी शेर्पा, राजनीतिमा सुशीला श्रेष्ठ लगायतलाई सम्मान गरिएको हो ।

कार्यक्रममा प्रेरणादायी महिलाहरूको विषयमा तयार गरिएको वृत्तचित्र सार्वजनिक गरिएको थियो ।

हेर्नुस् तस्विर:

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार