Logout

चर्चामा

चलचित्र पत्रकार संघका १८ जना साधारण सदस्यले दिए सामूहिक राजीनामा

347 Shares

काठमाडौँ ।  चलचित्र पत्रकार संघका १८ जना सदस्यले सामूहिक राजीनामा दिएका छन् । यौन दुर्व्यवहारको आरोप लागेका व्यक्ति नेतृत्वमा आएको भन्दै बिहीबार १८ जना साधारण सदस्य रहेका पत्रकारहरुले राजीनामा दिएका हुन् । काठमाडौंमा बुधबार सम्पन्न नवौं महाधिवेशनबाट अध्यक्षमा समिर बलामी निर्वाचित भएका थिए । बलामीले संघकै सदस्यमाथि यौन दुर्व्यवहार गरेको विषय केही समयअघिमात्रै सार्वजनिक भएको थियो । 


राजीनामा दिनेमा पुष्पा थपलिया, संगीता गिरी, सुशील पौडेल, सम्झना उप्रेती रौनियार, प्रदीप कार्की, विशाल राई, प्रकाश ढकाल, रीना मोक्तान, गणेश वली, लोकेन्द्र राउत, अनिल यादव, चिरञ्जीवी सापकोटा, सुशील नेपाल, लक्ष्मी बलायर, बैकुण्ठराज पराजुली, स्वेच्छा राउत, सविन ढकाल र संगीता श्रेष्ठ छन् ।

संघद्वारा गठित छानबिन समितिले अनुसन्धान प्रक्रिया जारी रहेको अवस्थामा यौन दुर्व्यवहारका आरोपित नै अध्यक्ष पदमा निर्वाचित भएको भन्दै उनीहरुले राजीनामा दिएको बताएका छन् ।

बलामी विवादित कम्पनी सूर्य कर्पोरेसनमा आबद्ध छन् । उनले अध्यक्षमा उम्मेदवारी दिँदा पीडित पत्रकारले दाबीविरोध गरेकी थिइन् । आरोप लागेपछि बलामीले संघको तत्कालीन कार्यसमितिको महासचिव पदबाट राजीनामा दिएका थिए ।

छानबिन समितिकै संयोजक रहेकी सुरक्षा भट्टराई पनि संघको महिला उपाध्यक्षमा चयन भएकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार